Sunday, 23rd August, 2026
वि.स.

जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

sambur-gurung-1594371534.jpg

पाकिस्तानी सेनाको गोली लागेर जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । शुक्रबार जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका गुरुङको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको हो । भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हवल्दार सम्बुर गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक हुन् । उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ ।” उनले शत्रुको प्रहारलाई भारतीय सेनाले कडा जवाफ फर्काएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०