Thursday, 2nd July, 2026
वि.स.

जनप्रतिनिधिहरुद्वारा धमाधम राजीनामा

hetauda-1650699542.jpg

३० बैशाखमा हुने स्थानीय तहको चुनावमा उम्मेद्वार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन् ।

११ र १२ बैशाखमा स्थानीय तहको चुनावका लागि उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले अहिले भइरहेका जनप्रतिनिधिहरुले पनि राजीनामा दिन थालेका हुन् ।

हेटौंडाका केही वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुले राजिनामा दिएका हुन् । उमेदवारी दर्ता गर्नका लागि जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राजीनामा दिनुपर्ने भएपछि फेरि पनि उमेदवारी दिने तयारीमा रहेका जनप्रतिनिधिहरुले राजीनामा दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

हेटौंडाका ९ वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले ९ बैशाखमा उपमहानगरमा राजीनामा बुझाएका हुन् । राजीनामा दिने वडा अध्यक्षहरुमा हेटौंडा २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नविन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ लगायतकाले राजीनामा दिएका छन् । यसैगरी हेटौंडा उपमहानगरकै विभिन्न वडाका सदस्यहरु २७ जनाले पनि ९ बैशाखमा राजीनामा दिएका छन् ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०