nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनगणनाः थाहानगरमा ५२ गणक घरघरमा खटिए

मकवानपुर थाहा नगरपालिकामा जनगणनाको लागि ५२ गणक खटिएका छन् । स्थानीय जनगणना कार्यालय थाहानगर शिखरकोट मार्फत उनीहरु जनगणनाको लागि खटिएका हुन् । थाहानगरका १२ वटै वडामा कम्तिमा ३ देखि ५ जनासम्म गणक खटिएका छन् । 

स्थानीय जनगणना अधिकारी उमेश श्रेष्ठका अनुसार–वडा नम्बर १ मा ४ जना गणक, २ मा ४, ३ मा ५, ४ मा ४, ५ मा ४, ६ मा ५, ७ मा ५, ८ मा ४, ९ मा ४, १० मा ३, ११ मा ५ र १२ मा ५ जना गणक खटिएका छन् ।  गणकहरु २५ कात्तिक विहानैबाट वडा वडामा खटिइसकेको श्रेष्ठले जानकारी दिए । 

गणकहरुलाई १३ कात्तिक देखि १६ कात्तिकसम्म गणकहरुलाई तालिम दिएर वडा÷वडामा खटाइएको हो । तालिम समापनसंगै उनीहरुलाई मुख्य प्रश्नावली समेत दिइएको छ । जनगणनालाई व्यवस्थित बनाउनका लागि १४ जना गणक निरीक्षक खटिएका छन् । 

हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको यो १२औँ शङ्खला हो । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने छ । 
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गरिएको छ । 

जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । 

जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका ६ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने तथ्याङ्क विभागका  महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)