Sunday, 17th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जगन्नाथले फिर्ता लिएनन् भरतपुर महानगरबाट मेयरकाे उम्मेदवारी

IMG_20220429_171405-1651231941.jpg

भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेलले उम्मेदवारी फिर्ता लिएनन् । १६ बैशाख पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो ।

दिनभर आफ्नाे घर भरतपुर महानगरपालिका-७ कृष्णपुरमा समर्थक माझ बसेका पाैडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्त काेणासभालाई सम्बाेधन गरे ।सत्तारूढ गठबनणधनबीच चुनावी तालमेल हुँदा भरतपुर महानगरकाे मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेपछि चितवन कांग्रेसमा असन्ताेष चुलीएकाे थियाे ।

गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रेसकाचित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । कांग्रेसका नेता पाैडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फाेन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । पाैडेलले नमानेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई १४ बैशाखमा भरतपुर पठाएका थिए । तर पाैडेललाई मनाउन नसकेपछि गृहमन्त्री खाँण १६ बैशाख  दिउँसाे मात्र काठमाडाैं फर्के ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०