Tuesday, 25th August, 2026
वि.स.

जंगली च्याउ खाँदा ७ जना बिरामी

chyau-1588399838.jpg

रुपन्देहीमा शुक्रबार विषालु च्याउ खाएका एकै परिवारका ७ जना बिरामी परेका छन । उनीहरुको भैरहवामा रहेको भिम अस्पतालमा उपचार भइरहेको छ ।

गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीय अनिशा हरिजन, १४ वर्षीय मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीय लक्ष्मी हरिजन, ३५ वर्षीय सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन जंगली च्याउ खाएर बिरामी परेका हुन ।

भैँसी चराउन जंगल गएका बेला च्याउ लिएर आएको उनीहरुले बेलुका पकाएर खाएपछि बिरामी परेका हुन । पेट दुख्ने र बान्ता हुने समस्या भएपछि उनीहरुलाई राति नै ल्याएर भिम अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif