nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

चोरी निकासी चुनौति बन्यो–पाख्रिन

इलाका वन कार्यलय पालुङका प्रमुख कालु पाख्रिनले सामुदायिक वनहरुबाट काष्ट र गैरकाष्ट वन पैदवार चोरी निकासी रोक्न चुनौति थपिएकोले त्यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताएकाछन् । सामुदायिक वन संरक्षणमा जुटेका उपभोक्ता समितिहरुले संरक्षणको साथसाथै त्यस्ता चोरी निकासी गर्नेहरुको पनि निगरानी गर्नुपर्ने ओल्याए । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको हिमचुली सामुदायिक वन उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दे पाख्रिनले यस्तो बताएका हुन् ।

थाहानगरेको चुच्चे ढुङ्गा युवा क्लबको हलमा भएको सभा समितिका अध्यक्ष धर्म बहादुर तामाङको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागीहरुलाई टंक बहादुर कार्कीले स्वागत गरेका थिए । साधारणसभामा समितिका सचिव श्याम तामाङले समितिले आर्थिक वर्ष ०७२/०७३ को प्रगति तथा आर्थिक विवरण प्रस्तुत गरेका थिए । साधारणसभामा अध्यक्ष तामाङले वनको उपभोगको साथैं संरक्षणमा पनि उपभोक्ताहरु प्रतिवद्ध रहेको धारणा राखे । उनले आफ्नो मन्तव्यमा उपभोक्ताहरुलाई वनको महत्व दर्शाए ।

समितिका सचिब तामाङले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस थाहानगर प्रतिनिधि चन्द्र तामाङ, नेकपा एमालेका प्रतिनिधि विर बहादुर तामाङ, राप्रपा नेपालका क्षेत्रिय प्रतिनिधि कुलमान तामाङ, थाहा ५ का वडा नागरिक मञ्चका हिरा बस्नेत, निवर्तमान अध्यक्ष शंकर तामाङलगायतको आतिथ्यको रहेको थियो।

-जनक लामा



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)