Tuesday, 25th August, 2026
वि.स.

चीनले नाप्न थाल्यो सगरमाथाको उचाई

tibbet-1589016936.jpg

चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा सर्वेयरहरु बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चीनको प्राकृति सांशाधन मन्त्रालयको यो टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वांग योंगफेंगले बताए ।

यो टिम अप्रिलको सुरुआतमै आधार शिविर पुगेको थियो । उनीहरुले त्यहाँ सगरमाथा आरोहण र हाइ अल्टिच्युड एरियामा कसरी सर्वे गर्ने भन्ने सिकेका थिए ।

वांगका अनुसार चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाईबारे अध्ययन गरेका छन् । १९७५ मा सागरमाथाको उचाई ८ हजार ८४८.१३ मिटर र २००५ मा ८ हजार ८४४.४३ मिटर पाइएको थियो ।

हिमालहरुमा हिँउ कम भएकाले सगरमाथाको उचाईबारे बेलाबेला प्रश्न उठ्ने गरेको छ । नेपालले पनि अहिले सगरमाथाको उचाई नापिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif