nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ जिल्ला भलिवल : सेमिफाइनलमा बज्रवाराही, विनयबाबु, ड्रिमर्स र तलेजु

IMG_20220113_211656-1642088167.jpg

थाहानगरकाे चित्लाङस्थित माझगाउँमा २६ पुसदेखी जारी जिल्लास्तरीय भलिवल प्रतियाेगिताकाे चाैँथाे दिन २९ पुसमा क्वाटर चरणका सम्पूर्ण खेलहरु सकिएका छन् ।

२९ पुसमा सम्पन्न क्वाटर फाइनलका खेलहरुबाट थाहाका ४ वटा टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । बज्रवाराही युवा क्लब बज्रवाराही, विनयबावु स्मृति प्रतिष्ठान पालुङ, ड्रिमर्स क्लब फुर्के र तलेजु युवा क्लब चित्लाङ सेमिफाइनलमा पुगेका हुन् । चारवटै क्लबले क्रमशः कुमारी, बलिडाँडा, साेल्टु र हिमाली डाँफेलाई साेझाे सेटमा पराजित गरेर प्रतियाेगिताबाट विश्राम दिएका थिए ।

सेमीफाइनल र तृतीय स्थानकाे खेल ३० पुसमा हुनेछ भने १ माघमा फाइनल खेल हुने आयाेजक स्वच्छन्द भैरब युवा क्लबका अध्यक्ष पुण्यमान बलामीले बताए ।  सेमीफाइनलमा  बज्रवाराही र विनयबावु तथा ड्रिमर्स र तलेजुबीच प्रतिष्पर्धा हुँदैछ । 

प्रतियाेगितामा इन्टरनेशनल रेफ्री चन्द्रबन्दना राई तथा नेशनल रेफ्रीहरु कपिल जिसि, हिमाल केसी र सत्यराम न्हिसुतु निर्णायककाे भूमिकामा रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)