nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङमा जिल्ला स्तरीय भलिवल हुने, प्रथम पुरस्कार ५१,०००

volleyball-1641293190.jpg

थाहानगरको चित्लाङमा मकवानपुर जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । चित्लाङस्थित स्वच्छन्दभैरव युवा क्लबले स्थापनाको रजत वर्षगाँठको अवसरमा जिल्ला स्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको हो । 

यही २६ पुसबाट शुरु हुने प्रतियोगितामा सहभागिताको लागि क्लबहरुलाई पत्राचार गरिसकिएको आयोजक संस्थाका अध्यक्ष पुण्यमान बलामीले थाहाटाइम्सलाई जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५१,०००, द्वितीय हुने टिमलाई रु. २५,००० र तृतीय हुने टिमलाई रु. १५,००० नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार २५ पुससम्मका लागि टिम दर्ताको समय राखिएको छ ।

प्रतियोगिता स्वच्छन्दभैरव युवा क्लबको खेल मैदान, माझगाउँ हात्तीसार, चित्लाङमा हुनेछ। 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)