Wednesday, 19th August, 2026
वि.स.

चितवनको भरतपुरमा एमाले र राप्रपाबीच तालमेल हुने

bharatpur-1650869760.jpg

 चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ ।
११ बैशाखमा दुई दलबीच भएको छलफलमा चुनावी तालमेलको सहमति भएको हो ।

जसअनुसार अब भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवी ज्ञवालीले जनाएका छन् ।

सहमति अनुसार राप्रपाले महानगरको वडा नं। १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं। ४, ११, १६, १९ र २४ मा दुबै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

bharatpur-1650869762.jpg






Thaha-002-1774415222.gif