Sunday, 15th November, 2026
वि.स.
pustakalay-1792211853.jpg

चाैँथाे थाहा गाेल्ड कप माउन्टेनकाे पाेल्टामा, उत्कृष्ट खेलाडी काे भए?

IMG_20230119_193537-1674136174.jpg

चौथो थाहा गोल्डकपको उपाधि काठमाडौंको माउन्टेन एफसीकाे पाेल्टामा परेको छ।

थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा भएको फाइनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङलाई २-१ को गोल अन्तरले पराजित गर्दै माउन्टेन एफसीले उपाधी हात पारेको हो।

माउन्टेनको जितमा उर्गेन सेर्पा र अमित लामाले १ -१ गोल गरेर टिमलाई बिजयी बनाए भने पारिजातका याकुवले १ गोल गरेका थिए ।

प्रतियोगितामा हाइ स्कोरर पारिजातका सोलोमन हुदा बेस्ट डिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर हुन सफल भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी माउन्टेनका अमित लामा हुन सफल रहे । उत्कृष्ट खेलाडीसंगै लामा प्रतियोगिताको म्यान अफ द म्याच समेत भए ।

बिजेता बनेसंगै माउन्टेन एफसीले नगद २ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारे भने उपबिजेता पारिजातले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे तेसैगरी बिधागत उत्कृष्ट खेलाडी हरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडी लाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो।

प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णुबहादुर बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिय।

प्रतियोगिता समापन समारोह भव्य रुपमा गरिएको थियो। थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगर प्रमुख बिष्णुबहादुर बिष्ट, उपप्रमुख भरत गोपाली, वडा न १ का  अध्यक्ष हेरमान गोपाली,४ का नारायण लामा,७ का शिवराज थिङ,९ का राजकुमार बलामी, निवर्तमान खेलकुद बिकास संयोजक राजेश केसी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिव नवराज बिष्ट, नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी, माओवादी केन्द्रका नगर सदस्य इच्छापूर्ण कार्की, थाहा स्पोर्ट्स एकेडेमीका अध्यक्ष युवराज बिष्ट, थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष शम्भुसिं कार्की लगायतकाे उपस्थिति रहेको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1794214590.png
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg
Ishwar-Karki-1793775276.jpg
madhav-karki-1793775293.jpg






_Ward-1-Sandesh-1792210500.jpg
Ward-12-Sandesh-1792210744.jpg
redcross-1794215625.png