Sunday, 23rd August, 2026
वि.स.

चट्याङ लागेर एक पुरुषको मृत्यु, दुई घाइते

chatyang-1594286174.jpg

सर्लाहीमा बिहिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएका छन् भने दुई जना घाईते भएका छन् ।रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको बागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान बागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर गम्भीर घाइते भएका पासवानको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।चट्याङ लागेर स्थानीय कमलादेवी मुखिया घाइते भएका छन् । घाइते उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, चट्याङ लागेर जिल्लाको बलरा नगरपालिकामा एक युवक घाइते भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन् ।उनीलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०