nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

घुस सहित प्राधिकरणका कार्यालय सहयोगी पक्राउ

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण शाखाका कार्यलय सहयोगी धनबाहनुर विकलाई घुस सहित पक्राउ गरिएको छ । 
हटियाको चिसापानीमा विद्युत मिटर जडान गर्न भन्दै सेवाग्रेहीसँग ३२ हजार लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । घुस नभई विद्युत जडान नगर्ने भनेपछि अख्तियारलाई जानकारी गराई लेनदेन गर्दै गर्दा पक्राउ गरिएको हो ।

कार्यालय नजिकै चिया पसलबाट घुस सहित विकलाई पक्राउ गरिएको हो । रकम मिलाउन सहयोग गरेका इलेक्ट्रीसियन विष्णु चौलागाइलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । प्राधिकरणको नियमानुसार विद्युत मिटरको सात हजार पर्ने जनाइएको छ । घुस मागेपछि ति ग्राहकले विप्लव नेतृत्वको नेकपा माओवादीसँगको सल्लाहमा अख्तियारमा जानकारी गराएका थिए । विकलाई पक्राउ गर्न प्रहरी निरीक्षक ढुण्डीराज न्यौपाने र अख्तियारका विदुर सिवाकोटी सहितको टोली पुगेको थियो ।