Monday, 24th August, 2026
वि.स.

घुस लिँदालिँदै मकवानपुरका एक इन्सपेक्टर प्रहरी नियन्त्रणमा

Police-1592661977.jpg

ईलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक राय नै प्रहरीको फन्दामा परेका छन् ।

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेर कार्यक्षेत्रमा खटिएका इन्सपेक्टर रायले गलत काम गरेको भन्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको हो । उनलाई ठेकेदारसँग घुस रकम लिइरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको जनाइएको छ ।

वाग्मती प्रदेशका डिआइजी बसन्तकुमार लामाले दिएको जानकारी अनुसार इन्सपेक्टर रायलाई प्रहरी आचर विपरीत गलत काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । रायलाई प्रदेश प्रहरी कार्यालयमा राखिएको छ ।

अनुसन्धान पछि थप जानकारी दिन मिल्ने डिआइजी लामाले बताए । इन्सपेक्टर रायलाई भीमफेदीको एक होटलमा ठेकेदारसँग रकम लिदै गरेको अवस्थामा पक्राउ गरिएको जनाइए पनि प्रदेश प्रहरी कार्यालयले यसको पुष्टि गरेको छैन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif