Tuesday, 25th August, 2026
वि.स.

घुस रकमसहित सहायक वन अधिकृत पक्राउ

pakrau-1591165720.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रूपैयाँ घुससहित दुई जना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादव रहेका छन् ।

सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ रंगेहात पक्राउ गरेको जनाएको छ ।

दुबै जनालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइने आयोगले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif