Sunday, 23rd August, 2026
वि.स.

घरमाथिबाट पहिरो खस्दा आमा-छोराको मृत्यु

pahiro1-1596784094.jpg

 डिलाशैनी गाउँपालिका(४ बलालीमा पहिरोमा पुरिएर आमा(छोराको मृत्यु भएको छ।  घरमाथिबाट पहिरो खस्दा ४० वर्षीया पशुपति बोहरा र उनको १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। 

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घर भित्रै सुतिरहेका आमा छोराको मृत्यु भएको उनले बताए। १६ वर्षीय सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन्। घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए। उनले भने ‘रातिको समयमा खसेको पहिरोले सुतिरहेका आमा छोराको मृत्यु भएको छ। मृतक पशुपतिकी छोरी र भतिजीले भागेर ज्यान जोगाएका छन्। घर तल्लो भागतिर सुतिरहेका उनीहरु भाग्न सफल भएछन्।’

घरभित्र पुरिएका दुवै जनाको शव निकालेर पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल ल्याउन लागेको प्रहरीले जनाएको छ। घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ। मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन्।

घरमाथिबाट खसेको पहिरोले आमा छोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताए। उनले भने ‘गाउँमा नसोचेको घटना भयो। पहिरोले घरबार नै उजाडेको छ। गाउँ पुरै शोकमा डुबेको छ।’

बलालीमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घरहरु पनि पहिरोको जोखिममा परेका पन्तले बताए। भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयहरुले बताएका छन्। लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम बढ्दै गएको छ। जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा बैतडीका ८ ओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम छ। पहिरोले वर्षेनी खेतीयोग्य जमीन र धनजनमा समेत क्षति पुर्‍याउँदै आएको छ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०