Monday, 17th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

गठबन्धनका उमेदवारलाई पराजित गर्दै भीमफेदीमा हिदम लामा निर्वाचित

hidam-lama-main-1652664383.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् ।

लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरे । उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे । उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५३१५ मत प्राप्त गरे । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन् ।

लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०