Tuesday, 4th August, 2026
वि.स.

खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक

heat-stress-1785736003-1785739002.jpg

जलवायु परिवर्तनले विश्वभरको औसत तापक्रम लगातार बढिरहँदा यसको प्रत्यक्ष असर श्रमबजारमा देखिन थालेको छ । ४५ देखि ५० डिग्री सेल्सियस तापक्रम पुग्ने खाडी मुलुकमा काम गर्ने लाखौं नेपाली श्रमिक ‘हिट स्ट्रेस’ अर्थात् अत्यधिक गर्मीका कारण शारीरिक तथा मानसिक तनावको जोखिममा परिरहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओले)ले केही समयअघि सार्वजनिक गरेको ‘हिट ए्याट वर्कः इम्प्लिकेसन फर सेफ्टी एण्ड वर्क’ प्रतिवेदनमा जलवायु परिवर्तनका कारण कार्यस्थलमा गर्मीको जोखिम तीव्र बन्दै गएको उल्लेख गरेको थियो । प्रतिवेदनका अनुसार अत्यधिक तापक्रमले श्रमिकमा हिट एक्सहस्टन, हिट स्ट्रोक, डिहाइड्रेसन, मिर्गौलाको दीर्घरोग, मुटुसम्बन्धी समस्या तथा कार्यस्थल दुर्घटनाको जोखिम बढाउँछ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान र बहराइनमा रहेका छन् । यी देशहरु विश्वकै सबैभन्दा तातो क्षेत्रमध्ये पर्छन् । सो क्षेत्रमा १७ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ । उनीहरु निर्माण, सडक, सुरक्षा, सफाइ, कृषि तथा डेलिभरी सेवालगायत बाहिर गरिने काममा बढी आबद्ध भएका पाइन्छन् । यस्ता कामहरुमा गर्मीको प्रत्यक्ष प्रभाव पर्ने भएकाले नेपाली श्रमिकहरु बढ्दो तापक्रमको मारमा पर्ने गरेका छन् । आर्थिक दबाबका कारण पनि धेरै श्रमिकले आराम नगरी अतिरिक्त समय काम गर्ने र कतिपय अवस्थामा पानी, शितलता र पर्याप्त विश्राम नपाउँदा जोखिम बढ्ने गरेको पाइन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार विश्वभर करिब ७० प्रतिशत श्रमिक कुनै न कुनै समयमा अत्यधिक गर्मीको जोखिममा काम गर्न बाध्य हुने गरेका छन् । तापक्रम बढ्दै जाँदा श्रमिकको कार्यक्षमता घट्नेमात्र होइन, स्वास्थ्य जोखिम र कार्यस्थल दुर्घटनासमेत बढ्ने देखिएको
छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif