Monday, 24th August, 2026
वि.स.

खरिदबिक्रीमा भौतिक दुरी कायम राख्न थाहानगरको आग्रह

Kharid-Bikri-1585623287.png

थाहा नगरपालिकाका पसलहरुमा अत्यावश्यकीय सामाग्री खरिदका लागि पुगेका ग्राहकरुले भौतिक दुरी कायम राखेर मात्र खरिद विक्री गर्नुपर्ने भएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको सचिवालय संयोजक विवेक विडारीले जानकारी दिए । यसको अनुमगन समेत हुने संयोजक विडारीको भनाइ छ । 

बिक्रेता र ग्राहकबीचको भौतिक दुरी कायम भए नभएको अनुगमन गर्ने अधिकार वडा समितिहरुलाई दिइएको सचिवालयको निर्णयमा उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०