Monday, 24th August, 2026
वि.स.

क्‍वारेन्टाइनबाट ८ भारतीय भागे

qurentine-1589366710.jpg

 गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट बुधबार बिहान ८ जना भारतीय भागेका छन् ।

शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भारत बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ । वैशाख ९ गतेबाट उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।

उनीहरुलाई भारतीय समकक्षी डीएमले अनुमति नदिँदा उनीहरु लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र चौधरीले उनीहरु बिहान करिब ३ बजे भागेको जानकारी साढे ९ बजे पाएको बताए । क्वारेन्टाइन सुरक्षाका लागि नेपाल प्रहरी तैनाथ भएपनि शौच गर्ने बहानामा एकै साथ भाग्नु रहस्यमय भएको स्थानीयले बताए ।

सीमावर्ती क्षेत्रमा रहेको क्वारेन्टाइनबाट भारतको चित्तलहवा करिब डेढ किमि दूरीमा छ । प्रहरी उपरीक्षक केदार रजौरेले भारतीय भागेको जानकारी पछि व्यापक खोजी भएको बताए । भारतीय सुरक्षाकर्मीले भागेर आएका आठ जनालाई चित्तलहवाको क्वारेन्टाइनमा राखिने जनाउ दिएको उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०