Monday, 24th August, 2026
वि.स.

कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या ३६९ पुग्यो, १४९ डिस्चार्ज

nepal-police-1597049420.jpg

देशको सुरक्षाको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।  हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 

कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् ।

आइतबारसम्म नेपालभर कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ भने १६ हजार ३५३ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालभर आइतबारसम्म कोरोना सङ्क्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ । रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०