Saturday, 29th August, 2026
वि.स.

कोरोना सङ्क्रमण रोकथामका विषयमा उपप्रधानमन्त्री पोख्रेल र मुख्यमन्त्री पौडेल बीच छलफल

DM-1596811559.jpg

हेटौंडा,२३ साउन उपप्रधान एबम रक्षामन्त्री ईश्वर पोख्रेल र बागमती प्रदेशका मुख्यमन्त्री भेटवार्ता भएको छ ।  हाल तीब्र रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथामका लागि सङ्घीय सरकार र प्रदेश सरकारको समन्वयलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको हो ।

दिनानुदिन रुपमा फैलिएको कोरोनाको प्रकोप नियन्त्रणका लागि कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका रक्षामन्त्री पोख्रेलले समितिको बैठक पछि मुख्यमन्त्रीसङ्ग छलफल भएको हो । काठमाडौ उपत्यकामा कोरोनाले थप सङ्कट ल्याउन सक्ने भन्दै त्यसतर्फ कसरी सचेत गराउने बिषयमा छलफल केन्द्रित भएको मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले जानकारी दिए ।

अत्यावश्यक सवारी साधन भन्दा अन्य सवारी आवागमनलाई प्रदेशका नाकाहरुमा कडाई गर्ने, स्थानीय तह तथा जिल्लाहरूमा समस्या देखिए स्थानीय तह स्वयं वा जिल्ला प्रशासन कार्यलयबाट नै ठोस कदम चाल्न सहजीकरण गरीने समेत उहाँहरुबिच छलफल भएको स्वकीय सचीव पौडेलले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०