Sunday, 30th August, 2026
वि.स.

कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

mi-1589799253.jpg

हालसम्म ३५७ जनालाई कोरोना संक्रमण भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएको हो। सोमबार बाँकेमा ४७ जनालाई कोरोना संक्रमित भएका थिए। सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा  र बाँकेमा  गरी दुई जनाको मृत्यु भएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०