Monday, 24th August, 2026
वि.स.

कोरोना संक्रमितको कडा निगरानी गर्न ‘डब्ल्यूएचओ’को सुझाव

who-1594882504.jpg

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसका संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिन यस्तो निगरानीको निकै खाँचो रहेको संगठनले जनाएको हो ।

डब्ल्यूएचओले प्रत्येक देशले प्रतिदिन १० लाख मानिसमध्ये कम्तीमा पनि १४० जनाको ‘पीसीआर’ परीक्षण गर्नुपर्ने सुझाव दिएको हो ।

भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रतिदिन प्रति १० लाखमध्ये १४० जनामा र कहीँ त्योभन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएकोे छ । तर, पछिल्ला हप्ताहरुमा भारतमा प्रति १० लाख मानिसमध्ये कतै आठ हजारभन्दा पनि बढीमा परीक्षण गर्ने गरिएको छ ।

भारतमा पछिल्ला हप्ताहरुमा एक हजार २०० भन्दा पनि बढी प्रयोगशालाहरुबाट शंकास्पद मानिसहरुको परीक्षण गर्ने गरिएको बताइएको छ । 
एजेन्सी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif