Saturday, 22nd August, 2026
वि.स.

कोरोना संक्रमणबाट मकवानपुरका थप एक पुरुषको मृत्यु

corona-death1-1601616941.jpg

कारोना भाइरस संक्रमणको कारण मकवानपुरका थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपािलका वडा नंबर ७ न्युरेनीका ७८ वषीय वृद्ध रहेका छन् ।

उनको शुक्रबार बिहान चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई स्वासप्रवासको समस्या तथा निमोनिया समेत देखिएको भरतपुर अस्पताले जनाएको छ ।

यो संगै कोरोनाको कारण मकवानपुरका १४ जनाले ज्यान गुमाएका छन् । जसमा १३ जना हेटौंडा उपमहानगरपालिका र १ जना मनहरी गाउँपालिका गरी १४ जना रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif