Sunday, 23rd August, 2026
वि.स.

कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

corona-death-1597471822.jpg

पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । हिजो बेलुकी वीरगञ्ज महानगरपालिका मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । 

कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा उच्च(रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । 

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । यसैबीच नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ । पर्सामा एक जनाको ज्यान गएसँगै  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय १ पुगेको हो । 

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण ज्यान गुमाएका वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको बारेमा जानकारी दिन बाँकी छ । 

अहिलेसम्म ४ लाख ९४ हजार ६ सय १३ को पीसीआर परीक्षण गर्दा २५ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १९ हजार ७७ जना निको भएका र ७ हजार ३ सय ७५ जना आइसोलेशनमा छन् । १४ हजार ६ सय ३८ जना भने क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०