Monday, 24th August, 2026
वि.स.

कोरोना संक्रमणबाट अस्पतालको सुरक्षा गार्डको मृत्यु

covide-death-1597055444.jpg

धनुषामा अस्पतालको एक सुरक्षा गार्डको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धनुषाको जनकपुरधाम (२ कदम चोकस्थित विद्यानगरमा रहेको विनय तारा फाउण्डेशन अस्पतालको सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।   

जनकपुरको कदमचोक–कपिलेश्वर सडक खण्डको विनय तारा फाउण्डेशन अस्पतालका गार्डको मृत्युपछि कोरोना पुष्टि भएको छ । जनकपुरधाम उप–महानगरपालिका-२ स्थित बिनयतारा फाउडेशन क्यान्सर अस्पतालमा गार्डको काम गर्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललिया बस्ने पुरुषको रिपोर्ट पोजिटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

आइतबार मृत्यु भएको उनलाई कोरोनाको लक्षण आशंका गरिएको थियो । मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले उनमा कोरोनाको पुष्टि भएको र सो क्षेत्रमा कन्टयाक्ट ट्रयासिङ सुरु गरिएको बताए ।

उनले स्वास्थ्य कार्यालय, स्थानीय प्रशासनको सहयोगमा मृतकको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र अस्पतालका कर्मचारीहरुलाई स्वाब संकलन गरिने बताए । मृत्यु भएका पुरुष घरमा छोरा छोरीसँग बसेका थिए । यसैगरी जनकपुरस्थित आइतबार काब्या अस्पताललमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी रहेका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०