Tuesday, 25th August, 2026
वि.स.

कोरोना रोकथामका लागि थाहानगरमा सामुदायिक सचेतना 

samu-1588217126.jpg

थाहा नगरपालिकामा कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन थाहा नगरपालिकाले सामुदायिक सचेतना कार्यक्रम संचालन गरेको छ । 

नगरपालिकाले लकडाउनपछि नगर बाहिरबाट आएकाहरुलाई मध्येनजर गरेर डाक्टरसहितको टोलीले सचेतना कार्यक्रम संचालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । ‘काठमाण्डौ, हेटौंडा तथा अन्य क्षेत्रमा रोजगारीमा गएकाहरु गाउँ फकेृपछि व्यक्तिगत भेटघाटलाई तिब्रता दिने भएकाले यस्तो कार्यक्रम गरिएको हो’–स्वास्थ्य संयोजक मेघराज बलामीले भने–विदेशबाट आएकालाई त घरघरमै पुगेर स्वास्थ्य जाँच गरिरहेका छौं ।’ कार्यक्रममा उनहिरुलाई कोरोनाबाट बच्न अपनाइने विधि र यसबाट बस्ने, रोकथाम नियन्त्रणका उपायहरुमा सहजीकरण भैरहेको डाक्टर सुबोध चापागाइँले बताए । 

थाहा नगरपालिकामा विदेशबाट आएका ७० जना रहेका छन् भने १७ वैशाखसम्म १ हजार ७२८ जना पैदल हिँडेरै नगर भित्रिएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif