Sunday, 23rd August, 2026
वि.स.

कोरोनाले ४०१ को मृत्यु : ४५ हजार २६७ डिस्चार्ज

corona-death-1600513049.jpg

नेपालमा  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार शनिबार मृतकको संख्या ४०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको गौतमको भनाइ छ । 

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार देशभर अहिले १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्। 

२४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif