Thursday, 27th August, 2026
वि.स.

कोरोनाका कारण मकवानपुरमा सभा, सम्मेलन गर्न प्रशासनले रोक लगायो

कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले फेरि सार्वजनिक कार्यक्रममा रोक लगाएको छ । लकडाउन हटेको लामो समयपछि जिल्ला प्रशासनले आज सूचना जारी गर्दै छिमेकी देशमा कोरोना संक्रमण बढेको र नेपालमा समेत यसको जोखिम बढ्न सक्ने भएको भन्दै सार्वजनिक कार्यक्रममा रोक लगाएको छ ।

प्रशासनका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी देवचन्द्र गर्तौलाद्वारा जारी सूचनामा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने काम नगर्न आग्रह गरेको छ । प्रशासनले सामाजिक तथा भौतिक दुरी कायम गर्दै माक्स तथा सेनिटाइजरको प्रयोग गर्न सूचनामा उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif