Wednesday, 26th August, 2026
वि.स.

कोभिड–१९ः आजबाट मकवानपुरका पर्यटकीय स्थलहरु बन्द (निर्णय हेर्नुहोस)

मकवानपुरको थाहा नगरपालिकासहित १० वटै स्थानीय तहका पर्यटकीय स्थलहरु बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्युनिकरणका लागि १२ बैशाखबाट मसान्तसम्म पर्यटकीय स्थलहरु बन्द गर्ने निर्णय भएको हो । अर्को निर्णय नहुँदासम्मका लागि यो नियम लागू हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देबचन्द्र गर्तौला अनुसार जिल्ला भित्रका पार्क तथा पिकनिक स्पोटहरु बन्द गर्नको लागि प्रशासनले दशवटै पालिकाहरुलाई जानकारी गराइएको छ । यो निर्णयसंगै मकवानपुरको पर्यटकीय क्षेत्रहरुमामा अब भेला भई पिकनिक खान तथा रमाइला कार्यक्रम संचालन गर्नका लागि रोक लागेको छ ।

यसैबिच १२ वैशाखबाटै हेटौंडामा निजि तथा सार्वजनिक सवारीहरुमा जोर विजोर प्रणाली लागू भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर अनुसार हेटौंडा उपमहानगरपालिका भित्र चल्ने निजि तथा सार्वजनिक सवारी सबैमा जोर विजोर प्रणाली लागू हुने छ ।

निर्णय हेर्नुहोसः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif