Sunday, 30th August, 2026
वि.स.

केपीओलीलाई प्रधानमन्त्री कायम राख्नुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन

hetauda-1594015054.jpg

 नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलाीलाई पाँच वर्ष सम्म सरकारको नेतृत्व गर्न दिनुपर्ने माग गर्दै आज हेटौंडामा प्रदर्शन गरिएको छ । बिशेषगरी केपी ओली निकटका युवाहरुले हेटौंडा वजारमा जुलुस निकालेका हुन् । केपी ओलीको फोटो सहित राखिएको व्यानर लिएर युवाहरुले वजार परिक्रमा गरेका थिए । हेटौंडामा युवाहरुले केपी ओलीको पक्षमा नारा समेत लगाएका थिए ।

युवा र बिद्यार्थीहरुले आज जुलुस निकालेका हुन् । नेकपा निकट युवा संघका मकवानपुर संयोजक सन्तोष चौलागाइको नेतृत्वमा प्रदर्शन गरिएको हो । उनीहरु बजार परिक्रममा गरी बुद्ध चोकमा भेला भएका युवाबर्गले केपी ओलीलाई काम गर्न दिनुपर्ने र पार्टी फुटाउन नहुने माग सहित खबरदारी पनि गरेका छन् ।

युवाहरूले आई एम विथ के पी ओली, मान्छेको शान बोलिले नेपालको शान ओलीले, अस्थिरता चाहिदैन सरकार ढाल्न पाइदैन, जस्ता नारा लगाउँदै र्याली निकालेका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०