Monday, 24th August, 2026
वि.स.

कुलेखानी जलविद्युत आयोजनाबाट निरन्तर विद्युत् उत्पादन

kulekhani-jabidhut-1588237155.jpg

 मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित उत्पादन गर्दै आएको कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवले बताए। उनले अहिले कुलेखानीको इन्द्रसरोवर जलासयमा पर्याप्त मात्रामा पानी जम्मा भएकाले विद्युत् उत्पादनमा कटौती गर्न नपर्ने जानकारी दिएका छन् ।

इन्द्रसरोवर जलासयमा अहिले १५१२।७८ मिटर पानी सतह रहेको कुलेखानी प्रथम आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युत्बाट उत्पादित विद्युत् हेटौँडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रमुख यादवले बताए ।

कुलेखानी तेस्रो आयोजनामा केही महिनाअघिबाट मात्रै १४ मेगावाट विद्युत् उत्पादन गरिएको पनि सो आयोजनाले जनाएको छ । प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ भित्र काठमाडौँको फर्पिङको चन्द्रज्योति र सुन्दरीजलमा विद्युत् उत्पादनका लागि नयाँ योजना कार्यान्वयन बताए । 

रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०