Tuesday, 25th August, 2026
वि.स.

कुलेखानी आयोजनाद्धारा भएको ठेक्का रोक्न निर्देशन

Kulekhani-1584286255.jpg

ढुङ्गा, गीट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समिति मकवानपुरले कुलेखानी प्रथम जलविद्युत आयोजनाद्धारा भएको ठेक्का रोक्न निर्देशन दिएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिको २ चैतमा बसेको बैठकले नदि जन्य पदार्थको ठेक्का बन्दोबस्ती र बिक्रि वितरणको अधिकार स्थानीय सरकारको एकल अधिकार भएको भन्दै ठेक्का बन्दोवस्ती रोक्ने निर्णय गरेको  हो ।

कुलेखानी प्रथम जलविद्युत आयोजनावाट जलासय क्षेत्र भित्र थुप्रिएका ढुङ्गा गिटि वालुवा ग्रेवल आदी नदी जन्य पदार्थलाई हटाउने एवम् विक्रि वितरण गर्ने उद्धेश्यले ४२ लाख रुपैयाँमा ठेक्का बन्दोबस्ती गरेको थियो । तर, स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम गाउँपालिकाको अधिकार मिचिएको भन्दै ईन्द्रसरोवर गाउपालिकाले अधिकार संरक्षणका लागि अनुगमन समितिलाई पत्राचार गरेको थियो ।

कुलेखानी प्रथम जलविपदार्थलाई हटाउने एवम् विक्रि वितरण गर्ने द्युत आयोजनावाट जलासय क्षेत्र भित्र थुप्रिएका ढुङ्गा गिटि वालुवा ग्रेवल आदी नदी जन्य उद्धेश्यले ४२ लाख रुपैयाँमा ठेक्का बन्दोबस्ती गरेको थियो ।

पत्राचर बमोजिम अनुगमन समितिले २ चैतमा कुलेखानी जलविद्युत केन्दका प्रमुख र ईन्द्रसरोवर गाउँपालिका अध्यक्षसहितको छलफलवाट तत्काललाई केन्द्रद्धारा भएको ठेक्का वन्दोवस्ती कार्र्य रोक्ने र सो सम्बन्धमा आवश्यक छलफलका लागि ईन्द्रसरोवर गाउँपालिका र जलविद्युत केन्द्रविच समझदारीमा कार्य अगाडी बढाउने निर्णय भएको अनुगमन समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिनुभयो । स्थानीय सरकारको अधिकार क्षेत्र मिचेर काम गर्न नहुने र यसले थप समस्या सृजना हुने देखिएकाले यस्तो निर्णय गरिएको उनले बताए ।

बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी उपरिक्षक सुशिल सिंह राठौर, दुबै डिभिजन वन कार्यालयका प्रमुख, नेपाली सेना, सस्त्र प्रहरी, राष्ट्रिय अनुसंधानका प्रतिनिधिलगायतको सहभागिता थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif