nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलमान घिसिङले भने - 'दाेस्राे कार्यकाल जीवनकै ठूलाे चुनाैती'

kul@man-1068x580-1628731776.jpg

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरेर दोस्रो कार्यकाल सम्हालेको बताएका छन् । घिसिङले करिब ११ महिनापछि पुनः प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा बुधबार कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै घिसिङले भने, ‘दोस्रो कार्यकाल ठूलो चुनौतीका रूपमा स्वीकारेर आएको छु, योभन्दा ठूलो चुनौती व्यक्तिगत जीवनमा अरू छैन ।’

प्राधिकरणको आवश्यकता, सरकारको जिम्मेवारी र आमसर्वसाधारणको अपेक्षाले गर्दा चुनौतीको जोखिम लिएको भन्दै उनले सरकारको कार्यायोजनाअनुसार नेपालको ऊर्जा क्षेत्रलाई आफूले नयाँ उचाइ दिने बताए ।

१५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेख्य सफलता पाएको बताउँदै उनले दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । साथै टिमवर्कमा काम गर्नुपर्ने बताउँदै उनले काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउनेसमेत बताएका छन् ।

यसका साथै उनले संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, सहरी क्षेत्रमा विद्युतीय तारहरू अन्डर ग्राउन्डिङ गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । उनले भने, ‘सहरलाई पोलरहित, ताररहित बनाउन सडक विभागलगायत सबैसँग मिलेर कार्यान्वयनमा जानुपर्नेछ ।’

ट्रान्समिसन लाइनको अभावमा बिजुली खेर जाने अवस्था आउन नदिने बताउँदै उनले बुटवल–गोरखपुर ट्रान्समिसन लाइन निर्माणका लागि मन्त्रिपरिषद्बाट स्वीकृति भई आएकाले त्यो काम तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई व्यावहारिक रूप दिन अपर अरुण, चैनपुर सेती, तामाकोसी–५ जस्ता आयोजना छनोट गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए ।

निजी क्षेत्रसँग गरिने पीपीईका सम्बन्धमा पनि नयाँ मोडलबाट अघि बढाइने उनले बताए । एक÷दुई वर्षभित्र सबै क्षेत्रमा बिजुली पु¥याउन पहल गरिने घिसिङले बताए । त्यस्तै तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अगाडि बढाएका राम्रा कामलाई निरन्तरता दिने र नराम्रोलाई सच्याउँदै अगाडि बढाउने उनको भनाइ छ ।

अघिल्लो कार्यकालमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र वर्तमान अर्थमन्त्री जनार्दन शर्मा ऊर्जा मन्त्रालयको जिम्मेवारीमा भएको बेला कार्यभार सम्हालेको स्मरण गर्दै उनले अहिले पनि संयोगले सोही दल र नेपाली कांग्रेसलगायतको गठबन्धन सरकारको पालामा आफूले जिम्मेवारी पाउनु संयोग भएको टिप्पणी गरेका छन् । राजधानीबाट