nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

किसानको आँटमा, धान दिवस मनाइयो थाहानगरको आकाशे फाँटमा(फाेटाेफिचर)

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । प्रत्येक वर्ष असार १५ गते यो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । खेतमा धान रोपाईंसंगै एक-आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने पनि गरिन्छ ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि दही चिउरा खाई असार १५ मनाउँछन् । नेपालमा विक्रम संम्बत २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धान खाद्य तथा पोषण सुरक्षाका लागि मानिसलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख श्रोत तथा विश्वभर ३ दशमलव ५ अरब जनसंख्याको आधारभूत खाद्य वस्तु हो । संसारमा करिब १६ करोड ७० लाख हेक्टरमा धान खेती भई ७६ करोड ९६ लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ जसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमै हुने गर्दछ ।

धान दिवसको अवसरमा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ मा पनि रोपाई गरिएको छ । प्रस्तुतछ १५ असारमा गरिएको रोपाइको फोटोहरुः

हेर्नुहोस् फोटोहरुः



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।