Monday, 24th August, 2026
वि.स.

कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई नै प्रवेश नदिन भारतले पत्र पठायो

map-1595846352.jpg

भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीलाई नै प्रवेश नदिन भन्दै नेपाललाई  निर्देशनात्मक पत्र पठाएको छ । गुन्जी, कालापानी र लिम्पियाधुरा आफ्नो क्षेत्र दाबी गर्दै भारतले नेपाललाई पत्र पठाएको हो ।

भारतको धार्चुला प्रशासनले ती क्षेत्रमा नेपालीको अवैध प्रवेश भइरहेको र त्यसबारेमा जानकारी गराउन भन्दै जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्र पठाएको छ ।

भारतले जुलाई १४ मा पठाएको पत्रमा विभिन्न नेपाली समूह अवैध रुपमा लुकीछिपी सीमा पार गरेर आउन चाहेकोले त्यसबारे जानकारी गराउन नेपाललाई भनेको छ ।

नेपालले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सा प्रतिनिधि सभाबाट जेठ ३१ गते पारित भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif