Monday, 24th August, 2026
वि.स.

कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

accident-new-1596867930.jpg

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।शुक्रबार राति परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा परेको रुपन्देही प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये रुपन्देहीकै ओमसतिया गाउँपालिका ४ का २६ वर्षीय देवेन्द्र चौधरीको मात्रै सनाखत भएको छ। बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। कार चौधरीले चलाएका थिए।

दुर्घटनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ का ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन्। कार सडकबाट करिब १० मिटर तल खसेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif