Sunday, 23rd August, 2026
वि.स.

काठमाडौंका जेष्ठ नागरिकलाई मासिक थप एक हजार भत्ता

jestha-nagrik-1592499135.jpg

काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने जेष्ठ नागरिकले महानगरबाट पाउँदै आएको वार्षिक भत्ता आगामी आवमा समेत उपलब्ध हुने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर विशेष भत्तालाई निरन्तरता दिएको बताएको छ ।

महानगरले ७५ वर्ष उमेर पुगेका महिला र ८० वर्ष उमेर पुगेका पुरुषलाई महानगर विशेष भत्ता उपलब्ध गराउँदै आएको छ । यो संघीय सरकारले दिने वृद्धभत्ताबाहेकको रकम हो ।

महानगरपालिकाले आगामी वर्ष स्वयंसेवक परिचालनको नीति समेत लिएको छ । यसमा अनुभवी, सेवा निवृत्त, जेष्ठ नागरिकलाई समेत सहभागी गराई शिक्षा, स्वास्थ्य तथा समुदायमा आधारित विभिन्न काममा गराउने नीति समेत महानगरपालिकाले लिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०