nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कांग्रेस संसदीय दलको चुनाव हेटौँडामा हुँदै, लामा र बानियाँको प्रतिस्पर्धा

320512869_567498745218311-1672203412.jpg

बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । निर्वाचनको कार्यतालिका अनुसार संसदीय दलको नेताका लागि प्रदेशसभामा नुवाकोटका बहादुर सिं लामा र मकवानपुरका इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुँदैछ । दुवै जना उम्मेदवारले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । त्यसैगरि लामाको दर्ताका लागि प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ । बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन् ।
                                                                        दलको नेता चयनका लागि निर्वाचनसम्बन्धी कार्यक्रम सुरु भएसँगै निर्वाचनमा होमिएका दुई पक्षका प्रदेशसभा सदस्यहरू हेटौँडामा हिजोनै आइसकेका छन् । दलको नेताका लागि कांग्रेस संस्थापन पक्षकै दुई नेता नुवाकोटका बहादुर सिं लामा र मकवानपुरका इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुँदैछ ।

पार्टी केन्द्रीय सदस्य तथा यसअघि प्रतिनिधिसभा सदस्य भइसकेका लामा मुख्यमन्त्री हुन प्रदेशमा झरेका हुन् भने पार्टी प्रदेश सभापतिसमेत रहेका बानियाँ प्रदेशसभाको पहिलो कार्यकालमा पाँच वर्ष कांग्रेस संसदीय दलको नेता थिए ।

लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् । उनीहरूबीचको भिडन्त थप रोचक बन्ने देखिएको छ । रोचक यस कारण की, बानियाँले मंगलबार दिउँसो पार्टी जिल्ला कार्यालयमा सांसदहरू बोलाएर स्वागत गरेका थिए । लामा पक्षले पनि हेटौँडामै स्वागत कार्यक्रम गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)