Friday, 28th August, 2026
वि.स.

कांग्रेस मकवानपुरले शनिबार थाहानगर सहति ४ स्थानमा प्रदर्शन गर्ने

congress-1610096184.jpg

नेपाली कांग्रेस मकवानपुरले जिल्लाको ४ स्थानमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस मकवानपुरले केन्द्रीय समितिको निर्णय अनुसार पुस २५ गते शनिबार जिल्लाको हेटौंडा, थाहानगरपालिकाको बज्रबाराही, मनहरी र छतिवनमा संसद् विघटनविरुद्ध प्रदर्शन गर्ने भएको हो ।

बिहिबार साँझ नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराबारे जानकारी गराएको हो ।

हेटौंडामा हुने विरोधसभालाई भने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif