Thursday, 2nd July, 2026
वि.स.

काँग्रेस मकवानपुरको कमाण्ड लामिछानेलाई

FB_IMG_1643889353366-1643889601.jpg

नेपाली काँग्रेस मकवानपुरको अधिवेशनसम्मको नेतृत्व कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले सम्हाल्ने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट तत्कालीन मकवानपुर सभापति इन्द्र बहादुर बानियाँ बागमती प्रदेशको सभापतिमा निर्वाचित भएपछि बिहीबार उपसभापति लामिछानेले कार्यवाहक सभापतिको पदभार ग्रहण गरेका हुन् ।

केही समयअघि बानियाँको अध्यक्षतामा बसेको काँग्रेस मकवानपुरको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी लामिछानेलाई सुम्पिने निर्णय गरेको थियो । उक्त बैठकमा बानियाँले जिल्लाका पदाधिकारीहरूलाई पनि जो जुन पदमा छ, सोही पदमा रहेका आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए ।

लामिछानेले यसअघि पनि मौखिक रुपमा काँग्रेस मकवानपुरको कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेर काम गरिरहेका थिए । काँग्रेस मकवानपुरको अधिवेशन नहुँदासम्म लामिछानेले सभापतिको भूमिका निर्वाह गर्नेछन् । काँग्रेसको जिल्ला अधिवेशनको मिति भने तय भएको छैन ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०