Wednesday, 5th August, 2026
वि.स.

कटारी नगरपालिकामा ३ पदमा करार सेवाको जागिर खुल्यो

137509f6-55b2-441e-8542-6-1785841797.jpg

उदयपुरको कटारी नगरपालिकाले करार सेवाअन्तर्गत् विभिन्न तीन पदका लागि आवेदन आह्वान गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै योग्य उम्मेदवारहरूलाई  २६ साउन कार्यालय समयभित्र दरखास्त पेश गर्न आग्रह गरेको हो।

नगरपालिकाका अनुसार कृषि स्नातक (अधिकृतस्तर छैटौं), वित्तीय साक्षरता सहजकर्ता (सहायकस्तर पाँचौं) र ल्याब असिस्टेन्ट (सहायकस्तर चौथो) पदमा एक–एक जना कर्मचारीको आवश्यकता छ । ती पदहरूमा छनोट लिखित तथा मौखिक परीक्षा मार्फत गरिने जनाइएको छ भने परीक्षा मिति पछि सूचना प्रकाशित गरी जानकारी गराइनेछ।

सूचनाअनुसार कृषि स्नातक पदका लागि परीक्षा दस्तुर रु. १ हजार, वित्तीय साक्षरता सहजकर्ता पदका लागि रु.५०० तथा ल्याब असिस्टेन्ट पदका लागि रु.४०० तोकिएको छ।

ल्याब असिस्टेन्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयको कोर्ष उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता भएको हुनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, अधिकृतस्तरका पदका लागि न्यूनतम २१ वर्ष र अन्य पदका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ। पुरुष उम्मेदवारको अधिकतम उमेर ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले कटारी नगरपालिका कार्यालयको नागरिक सहायता कक्षबाट आवेदन फाराम प्राप्त गरी आवश्यक कागजातसहित कार्यालयमै दरखास्त बुझाउन सक्नेछन्। आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्र (भएमा), दुई प्रति पासपोर्ट साइज फोटो तथा पदसँग सम्बन्धित अन्य आवश्यक कागजात संलग्न गर्नुपर्नेछ।

नगरपालिकाले सेवा–सुविधा प्रचलित नियमअनुसार उपलब्ध गराइने तथा प्रचलित कानुनबमोजिम अयोग्य नभएका उम्मेदवारले मात्र आवेदन दिन सक्ने जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif