thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

कक्षा १२ पुरकको परीक्षाफल प्रकाशित : ९२ हजार ४४ को ग्रेडवृद्वि

cbse-class-10-12-exams-be-1669393995.jpg

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्वि (पुरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

भदौ ३० र ३१ गते सञ्चालन गरिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरेको हो ।

परीक्षामा ७२ दशमलव ६७ प्रतिशत अर्थात ९२ हजार ४४ जना परीक्षार्थीको ग्रेडवृद्धि गरिएको बोर्डले जनाएको छ ।

ग्रेडवृद्वि परीक्षामा १ लाख २६ लाख ६ सय ५३ जना सहभागी भएका थिए । परीक्षामा सहभागी मध्ये ३४ हजार ६०९ जना अर्थात् २७ दशमलव ३२ प्रतिशत परीक्षार्थीको ग्रेडवृद्धि हुन नसकेको बोर्डले जनाएको छ । ६ जनाको परीक्षाफल भने रद्द गरिएको छ ।

परीक्षाको परीक्षाफल बोर्डको वेभसाइटमा हेर्न सकिन्छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०