Friday, 28th August, 2026
वि.स.

ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

meeting1-1608800646.jpg

नेकपा ९ओली० समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकले आगामी कार्यक्रम तय गर्ने भएको छ । केन्द्रीय सदस्य गोकुल बाँस्कोटाका अनुसार बैठकमा पार्टीको कार्याक्रम र निर्वाचनको तयारीबारे छलफल हुनेछ । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले केन्द्रीय कमिटी बैठकले कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए ।

बुधबार राजधानीका सात ठाउँमा केन्द्रीय सदस्यहरूको प्रदेशस्तरीय भेला गरेर नेताहरूले जनताको घरदैलोमा जान उनीहरूलाई निर्देशन दिएका छन् । त्यसको तयारीका लागि अहिले केन्द्रीय कमिटीको बैठक बसेको बाँस्कोटाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०