Friday, 28th August, 2026
वि.स.

ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु

oli-1608616103.jpg

 प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।

बिहान नौ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु पर्ने भन्दै ढिला सुरु गरिएको छ ।

यसअघि नै स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ । प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०