Saturday, 29th August, 2026
वि.स.

एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न निर्देशन

acide-1596445419.jpg

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकालेको छ ।सोमबार एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले दण्ड सजायसम्बन्धी कानूनलाई समय सापेक्षा परिमार्जन गर्न निर्देशन दिएको छ ।

साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ ।समितिमा उपस्थित एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले अहिलेको सजाय कम भएको बताएका थिए । कानूनअनुसार अनुहार नै कुरुप हुने गरी एसिड आक्रमण गरेको भए ५ देखि ८ वर्ष र अरुमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

कमजोर दण्ड सजायका कारण पनि बारम्बार एसिड आक्रमणको घटना हुने गरेको भन्दै जेनीले भनिन्, ‘अरुको जीवन बर्बाद पार्नेहरुलाई जन्मकैदले पुग्दैन । उनीहरुलाई पनि एसिड नै हान्नुपर्छ ।’समितिले एसिड आक्रमणमा परेकाहरुको उपचार, अध्ययनका लागि छात्रवृत्ति र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०