Sunday, 23rd August, 2026
वि.स.

एम्बुलेन्स दुर्घटनामा पाँच जना घाइते

बिरामी लिएर काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा पृथ्वीराजमार्गदेखि तल त्रिशूली किनारमा खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

१६ भाद्र विहान सवा पाँच बजे उक्त दुर्घटना भएको मुग्लिन इलाका प्रहरी कार्यालयले जानकारी दिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी नान्तीराज गुरुङले बताए । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक झापा गौरीगञ्ज गाउँपालिका–१ का सरोज दाहाल पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ । अन्य घाइतेमा बरहथवाका ५० वर्षीया दिलमाया रानामगर, २६ वर्षकी मेककुमारी रानामगर, र ३४ वर्षका नरबहादुर मगर रहेका छन् । उनीहरुको अवस्था पनि मध्यम रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०