Friday, 28th August, 2026
वि.स.

एमाले मकवानपुरको पार्टी कार्यालय खोलियो

yemale-1615200166.jpg

हेटौंडाको पुष्पलाल पार्क स्थित नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय खोलिएको छ ।

सोमबार बिहान नेकपा एमालेको नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यलय खोलिएको हो । केहि महिना अघि नेकपा प्रचण्ड-नेपाल समूहका नेताले एक पक्षीय ढङ्गले गुटको कार्यक्रम पार्टी कार्यलयमा गर्न थालेपछि पार्टी कार्यलयमा ताला लगाईएको थियो ।

आईतबार सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमान्य फैसला गरेको छ ।

सर्वोच्च अदालतले फैसलामा साविककै नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी, लेलिनवादी र नेकपा माओवादी केन्द्रको नाम नै रहने जनाएको छ ।

२०७३ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ । त्यसैबिच दर्ता भएका एमाले र माओवादी केन्द्रको नाममा पछि दर्ता भएका दलहरुको दर्ता स्वतः खारेज हुने बताईएको छ ।

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पार्टी कार्यलय खोलिएर नियमित कार्यहरु सूरु गरिएको नेकपा एमाले मकवानपुरका नेताहरुको भनाई छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif