nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले थाहानगरको चियापान तथा शुभकामना सम्पन्न

UML-1477738496.jpg

नेकपा एमाले थाहनगर कमिटिको आयोजनामा शुभकामना आर्दानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभ विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको सन्दर्भमा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो ।

नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य महेश्वर सुवेदी, एमाले मकवानपुरकी उप सचिव मिना लामा, मकवानपुर २ नंम्बर क्षेत्रिय इन्चार्ज विष्णु प्रसाद ढकाल, क्षेत्रिय उपाध्यक्ष जीवन लामा, थाहानगर इन्चार्ज रामचन्द्र बल, थाहानगर कमिटी अध्यक्ष अच्युतम् प्रसाद ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रमका सहभागीहरुलाई नेमपा एमाले थाहानगर सचिवालय सदस्य कल्पना बलामीले स्वागत गरेकी थिइन् । कार्यक्रममा पालुङ जेसीज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्री, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका जिल्ल सदस्य हरिकृष्ण कार्कीलगायत विभिन् संघसंस्थाका पदाअधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

शुभकामना कार्यक्रमको अवसरमा थाहा कला केन्द्र र नव क्षितिज कला केन्द्रका कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम थाहानगर कमिटी अध्यक्ष अच्युतम् प्रसाद ढकालको सभाध्यक्षतामा भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)